काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा कृष्ण जन्माष्टमी मनाउने क्रममा भीडमा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
मथुरा वृन्दावनको बांके बिहारी मन्दिरमा अबेर राति भागदौड हुँदा दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भीड धेरै भएपछि ५० भन्दा बढी व्यक्ति बेहोस भएका थिए । स्थानीय एसएसपी अभिषेक यादवका अनुसार भीड बढी भएका कारण घटना भएको हो । मृतकहरू नोएडा निवासी निर्मलादेवी र वृन्दावन निवासी राजकुमार रहेका छन् ।