भारतमा थपिए १८ हजार बढी कोरोना संक्रमित

न्युजलय २२ साउन २०७९, आइतबार १०:५६ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।