कीभ। रुसले कब्जा गरेको क्रिमियाको अर्को हतियार भण्डारण केन्द्रमा ठूलो विष्फोट भएको छ । अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा शृङ्खलाबद्ध विस्फोट भएको हो ।
गत हप्ता क्रिमियाको तटमा रहेको ब्ल्याक सी बेसमा रुसी लडाकु विमानहरू ध्वस्त भएका थिए। रुसले यो विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ । तर युक्रेनले त्यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले पछिल्लो घटनामा युक्रेनको हात नरहेको बताएपनि यस्ता घटना अपेक्षित नै रहेको बताएका छन्।