बिल गेट्स धनीको सुचीमा एक स्थान तल झरे, भारतका अडानी चौथो स्थानमा

न्युजलय ५ साउन २०७९, बिहिबार ०३:५८ मा प्रकाशित

काठमाडौं । अडानी समूहका मालिक गौतम अडानी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।

फोर्ब्सको पछिल्लो सूची अनुसार अडानी समूहको कुल सम्पत्ति ११५.५ अर्ब डलर पुगेको छ भने बिल गेट्स १०४.६ बिलियन डलरसहित पाँचौं स्थानमा छन् ।

यस वर्षको अप्रिलमा, बिल गेट्स १०० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरूको समूहमा सामेल भए। अहिले उनी विश्वका पाँच धनी व्यक्तिमा परेका छन् ।