काठमाडौं । इन्धनको मूल्य वृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयले सरकारविरोधी प्रदर्शन गरेका हुन् ।
नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पुर्याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए ।
बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए ।
उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए ।