पाकिस्तानमा बाढीका कारण थप ३७ जनाको मृत्यु

न्युजलय ३२ भदौ २०७९, शनिवार ०३:४० मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन्। 

यो वर्षको बर्खेझरीका कारण पाकिस्तानका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ। बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका बताइएको छ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन्।