बम भएको भनिएको विमान भारतमा अवतरण गर्न खोजेपछि तहल्का, पछि चीनमा सुरक्षित अवतरण

न्युजलय १७ असोज २०७९, सोमबार ०५:३२ मा प्रकाशित

काठमाडौं । बम भएको भनिएको विमान चीनमा असुरक्षित अवतरण गरेको छ । इरानबाट उडेको विमान भारतीय एयर स्पेस प्रवेश गरेसँगै इरानी जहाज कम्पनी महान एयरको जहाज डब्लू ५८१ माका पाइलट आफैले बम रहेको खबर दिएका थिए ।

सतर्कता अपनाइएपनि जहाजलाई नयाँ दिल्ली विमानस्थलमा भने अवतरणको अनुमति दिइएन ।

चीनको ग्वाङ्झाउका लागि उडेको यो जहाजले नयाँ दिल्लीमै अवतरणको अनुमति मागेपनि सुरक्षालाई मध्यनजर गर्दै भारतीय वायुसेनाले नयाँ दिल्लीमा अवतरणको अनुमति दिन इन्कार गरेको थियो । बरु जयपुर वा चण्डीगढ विमानस्थलमा जान अनुमति दिइएको थियो । पाइलटले भने दुबै शहरमा जहाज अवतरण गराउन इन्कार गरे । 

नयाँ दिल्लीमा अवतरण गर्ने उद्देश्यले निर्धारित उचाईभन्दा तल आइरहेको जहाजलाई भारतीय वायुसेनाको दुई विमानले आकासमै घेरेका थिए । 

अन्तिममा पाइलटले जहाजलाई आफ्नो गन्तव्य चीनको ग्वाङ्झाउ नै लैजाने निर्णय लिए । जहाज गन्तब्यमा सुरक्षित अवतरण गरिसकेको समाचारमा उल्लेख छ ।