इन्डोनेसियामा शक्तिशाली भूकम्प

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०९:०४ मा प्रकाशित

काठमाडौं । इन्डोनेसियाको बालीमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ।


भूकम्पपछि कुटा क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो।

 

भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।


भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।