कोलम्बियामा विस्फोट हुँदा ८ प्रहरी अधिकारीको मृत्यु

न्युजलय १८ भदौ २०७९, शनिवार ०९:३५ मा प्रकाशित

काठमाडौं । दक्षिण पश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । 

 

राष्ट्रपति गुस्ताभो पेट्रोले सो आक्रमणको निन्दा गरेका छन् । 


आक्रमण एक ग्रामीण क्षेत्रमा भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

 

पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।