काठमाडौं । ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ ।
नेपाल तथा विदेशमा बसोबास गर्ने इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको छ । आवेदन दिने अन्तिम मिति जेठ २५, २०८२ (जुन ८, २०२६) तोकिएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ गते काठमाडौंस्थित द प्लाजामा आयोजना हुनेछ भने कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोसमो गरी तीन विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष तोकिएको छ । सहभागी नेपाली नागरिक हुनुपर्नेछ । विदेशमा बसोबास गर्ने नेपालीहरूले एनआरएन कार्डमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन निःशुल्क रहेको आयोजकले जनाएको छ ।
यस वर्षको मिस नेपाल खोज अभियान देशका विभिन्न सहर—विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिनेछ।