हर्कले मागे प्रधानमन्त्रीको राजीनामा

न्युजलय ७ जेठ २०८३, बिहिबार ११:५१ मा प्रकाशित

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् ।

बिहीबार बसेको संसद बैठकको सुरुमै विरोध गर्दै राईले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

आफूहरुले गत वैशाख २८ गतेदेखि भारतले मिचेको भूमि, रिक्त गृहमन्त्रालय र सुकुम्बासी व्यवस्थापनको विषयमा मागेको जवाफ नदिएको भन्दै उनले राजीनामा मागेका हुन् ।

यसअघि नीति तथा कार्यक्रमको जवाफ दिन सदनमा उपस्थित नभएको भन्दै उनले लिखित रुपमै राजीनामा मागेका थिए ।