काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ
परियारले बिग्रिएर चल्न नसक्ने बा ४ ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी जरूरी पक्राउ पुर्जी दिई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।