दिल्ली । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।
भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
२१ जनाको उद्धार गरिएको छ । खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ ।