मोरङमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

न्युजलय १४ बैशाख २०८३, सोमबार ११:३९ मा प्रकाशित

विराटनगर ।  चट्याङ लागेर घाइते भएकी मोरङको धनपालथान गाउँपालिका–२ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ३० वर्षीया भाल्सादेवी ऋषिदेवलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी कोशी अस्पताल विराटनगर लगिएको थियो ।

तर उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीया भाल्सादेवी ऋषिदेव रहेकी मोरङ प्रहरीले जनाएको छ।