काठमाडौं । सोमबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको हो।
यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १५७ वटा स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।