इजरायली आक्रमणबाट लेबनानमा १४ जनाको मृत्यु

न्युजलय १४ बैशाख २०८३, सोमबार ११:०८ मा प्रकाशित

काठमाडौँ । आइतबार भएको इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको छ, भने अन्य ३७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो आक्रमण दुई देशबीच गत बिहीबार मात्रै युद्धविरामलाई तीन हप्ताका लागि थप गर्ने सहमति भएपछि भएको हो । उक्त सम्झौताको सर्तअनुसार इजरायलले आफ्नो सुरक्षाका लागि आवश्यक परेको खण्डमा जुनसुकै बेला कदम चाल्न पाउने अधिकार सुरक्षित राखेको छ।

आक्रमण सुरु हुनुअघि इजरायल डिफेन्स फोर्सका प्रवक्ताले दक्षिण लेबनानका विभिन्न गाउँका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिएका थिए।