काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।
अल्पसङ्ख्यक सिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतङ्कवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।
गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विस्फोटमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।