क्यानडामा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु

न्युजलय १० साउन २०७९, मङ्गलबार ०८:०८ मा प्रकाशित

ओटाबा । एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन्।


‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए।


अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए।


छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन्।