सांसदले राष्ट्रपतिलाई ‘राष्ट्रपत्नी’ भनेपछि....

न्युजलय १२ साउन २०७९, बिहिबार ०२:०६ मा प्रकाशित

काठमाडौं । पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मुलाई ‘राष्ट्रपत्नी’ भनेपछि विवादमा परेका छन् । 

सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा कांग्रेसले माफी माग्नु पर्ने भन्दै संसद (लोकसभा) मा विरोध जनाएका हुन् । चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् । एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आरोप छ ।