बङ्गलादेशमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु

न्युजलय ९ असोज २०७९, आइतबार ०८:०९ मा प्रकाशित

काठमाडौं । बङ्गलादेशको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा डुङ्गा पल्टिएको हो ।

 

अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।