भारतको इन्दौरमा बम विस्फोटः २ जनाको मृत्यु, १५ बढी घाइते

न्युजलय ३० साउन २०७९, सोमबार ०१:४५ मा प्रकाशित

काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा दुई पक्षबीचको झगडापछि बम विस्फोट भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा तनाव बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । बडगोण्ड थाना क्षेत्रको बेर्छा गाउँमा दुई पक्षबीच विवाद भएको थियो । 

त्यसपछि दुवै पक्ष आमनेसामने भएका थिए । त्यही क्रममा एक युवक बम बोकेर घटनास्थल पुगेका थिए । बम विस्फोट गर्ने युवकको पनि मृत्यु भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।