पाकिस्तानमा बाढी र वर्षाका कारण ९०० भन्दा बढीको मृत्यु

न्युजलय ९ भदौ २०७९, बिहिबार ११:४९ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा बाढी र वर्षाका कारण हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको छ । 

बाढी र वर्षाका कारण ३० लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। बीबीसी उर्दूको समाचार अनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन् ।

एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ । अर्कोतर्फ खैबर पख्तुनख्वाका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन् ।

जनसंख्याको हिसाबले पाकिस्तानको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानिसको जनजीवन प्रभावित भएको छ ।