नाइजेरियाको जेलमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, कम्तिमा तीन सय कैदी भागे

न्युजलय २२ असार २०७९, बुधबार ०७:४५ मा प्रकाशित

काठमाडौं । नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मंगलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तिमा तीन सय कैदी फरार भएका छन् । को 

 

घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ। आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए।


उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाए पनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए। 


बेगोरले बुधबार सञ्चारकर्मीहरूसँग बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ। उनका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित ९९४ कैदीहरू उक्त सुधार गृहमा रहेका थिए। 

  

एक वक्तव्यमा नाइजेरिया सुधार सेवा (एनसीएस) का राष्ट्रिय प्रवक्ता अबुबकर उमरले उक्त आक्रमणलाई सुरक्षा निकायहरुले सफलतापूर्वक विफल पारेको बताए।