मस्जिद भत्किँदा चार जनाको मृत्यु

न्युजलय ६ भदौ २०७९, सोमबार ०७:४८ मा प्रकाशित

काठमाडौं । मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ । 

 

भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ ।


मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ ।