काबुल । अफगानिस्तानमा आएको बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
बाढीमा परी अझै पनि दर्जनौं मानिस हराइरहेका खामा प्रेसले जनाएको छ । भीषण बाढीका कारण पर्वान–बम्यान राजमार्गसमेत अवरुद्ध भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीका कारण दर्जनौं घर र सयौं एकडमा लगाइएको बालीनाली समेत नष्ट भएको छ । भारी वर्षा र बाढीले पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जसिर प्रान्तलगायत अन्य धेरै अफगान प्रान्तहरूलाई असर गरेको छ ।
‘स्थिति निकै भयावह बनेको छ । अफगानिस्तानको नुरिस्तान प्रान्तमा दुई साताअघि आएको बाढीले ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।