भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

न्युजलय २९ साउन २०७९, आइतबार ०१:३९ मा प्रकाशित

काठमाडौं  । भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन भएको छ । 

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ६२ वर्षको उमेरमा आज बिहान झुनझुनवालाको मृत्यु भएको हो ।

५ हजार रुपैयाँबाट ५ अर्ब ८ करोड डलर सम्मको यात्रा गर्ने सेयर बजारका बादशाह राकेशको अन्तिम यात्रा आज साँझ हुनेछ। झुनझुनवाला गत साता ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए ।