रुसद्वारा युक्रेनमा आक्रमणमा थप तीब्रता, १६ जनाको मृत्यु

न्युजलय ३३ असार २०७९, आइतबार ०२:१० मा प्रकाशित

एजेन्सी ।  रसियाले शनिबार युक्रेनका धेरै ठाउँमा गोलाबारी र मिसाइल आक्रमण गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । रुसले पछिल्लो ५ महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

 यसअघि रुसी सेनाले युक्रेनमाथि आक्रमण तिब्र पार्ने घोषणा गरेको थियो ।

रसियाको रक्षा मन्त्रालयले डोनबास र अन्य क्षेत्रहरूमा आवासीय क्षेत्रहरूमा रकेट र तोपखाना आक्रमण गर्नबाट रोक्न सबै क्षेत्रमा सैन्य कारबाही तीव्र पार्न निर्देशन दिएको छ। 

पछिल्लो आक्रमणमा रुसले युक्रेनको उत्तर, पूर्व र दक्षिणलाई निशाना बनाएको छ ।