काठमाण्डौ । जापानले मंगलबार (आज) शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्यालीमा गोली हानी हत्या भएको थियो ।
६७ बर्षीय आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए ।
उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।