कोरियामा एकै दिन थपिए ७६ हजार कोरोना सङ्क्रमित

न्युजलय ४ साउन २०७९, बुधबार १२:३९ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा  ७६ हजार चारसयजना  कोरोना सङ्क्रमित भएका छन् ।

यो सँगै देशमा कोरोना  सङ्क्रमितको सङ्ख्या  एक करोड ८९ लाख ३७ हजार नौ सय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या  ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ ले ज्यान गुमाइसकेका छन् ।