काठमाण्डौ । पाकिस्तानको पन्जाबमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएको आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।
दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।
लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।