काठमाडौं । मेक्सिकोमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु भएको छ ।
बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको हो ।
आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए ।