काठमाडौँ । पछिल्लो समय अत्याधिक प्रयोगमा आएको सामाजिक सञ्जाल इन्स्टाग्राममा लाइक र फलोअर्सको विषयलाई लिएर झगडा हुँदा भारतको दिल्लीमा दुई जनाएको हत्या भएको छ ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा के(कति फलोअर्स र आफ्नो क्षेत्रमा के(कति महत्व छ भन्ने कुरामा विवाद हुँदै जाँदा यसले हत्याको रुप लिएको भारतीय प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
भारतीय प्रहरी स्रोतका अनुसार हत्यामा चार जना युवारयुवती संलग्न रहेको खुल्न आएको छ । यो घटना भएको क्षेत्र मुकन्दपुर उत्तर दिल्लीको बाहिरी भागमा अवस्थित छ । यस क्षेत्रमा बस्ने अधिकांश मानिस तल्लो र निम्न(मध्यम वर्गका रहेको बिबिसीमा उल्लेख छ ।
पाँच अक्टोबरमा भएको यो घटनामा संलग्न चार युवालाई पक्राउ गरी आईपीसीको धारा ३०२ (हत्या) को मुद्दा दर्ता गरिएको छ ।
भारतीय प्रहरिका अनुसार हत्या भएका ती दुई जना नाबालिग हुन् । प्रहरीले जानकारी पाएर त्यस ठाउँबाट उनीहरूलाई अस्पताल लगिएको थियो र सोही क्रममा उनीहरूको मृत्यु भएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।