पाकिस्तानमा सडक दुर्घटना, ११ जनाको मृत्यु

न्युजलय २२ साउन २०७९, आइतबार ०८:१५ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । 

 

घटनामा २४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतवार जानकारी दिएका छन् ।

 

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

 

शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । उद्धार टोलीले क्रेनको सहयोगमा बसलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरेको समाचारमा जनाइएको छ ।  

 

पाकिस्तान प्रशासित काश्मिरको नीलम भ्याली जिल्लामा कारको ठक्करबाट ३ वटा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।


पुराना सवारीसाधन, कमजोर सडक संरचना र चालकको लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि सयौं मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।