न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना, पाँच जनाको मृत्यु

न्युजलय २५ भदौ २०७९, शनिवार ०७:३४ मा प्रकाशित

काठमाडौं । न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।


काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।


डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।


ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।