काठमाडौं । थाइल्याण्डमा एक पूर्वप्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
स्थानीय बालबालिका हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।
आक्रमणपछि बन्दुकधारी अझै फरार छन् । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हान्नुका साथै छुरा पनि प्रहार गरेको बताएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।