चीनको दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौँ । चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।


यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन । राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो। सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ ।


यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।