५० घण्टापछि इजरायलको युद्धविराम

न्युजलय २३ साउन २०७९, सोमबार ०८:५८ मा प्रकाशित

काठमाडौं । इजरायलले ५० घण्टापछि युद्ध विरामको घोषणा गरेको छ । इजिप्टको मध्यस्थता पछि इजरायल र  प्यालेस्टाइन दुवै युद्ध विराम गर्न सहमत भएका हुन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणबाट गाजा आक्रमणमा दुई इस्लामिक जिहाद कमाण्डर सहित मृत्यु हुनेको सङ्ख्या १५ बालबालिका सहित ४३ पुगेको छ । त्यहाँ तीन सयभन्दा बढी घाइते भएका छन् ।

आइतवरको आक्रमणमा इस्लामिक जिहाद कमाण्डर खालिद मन्सुर मारिएका थिए । यसअघि तैसिर जबारीको पनि हत्या भएको थियो ।