नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री अस्पताल भर्ना

न्युजलय ८ साउन २०७९, आइतबार ०६:५२ मा प्रकाशित

नइ दिल्ली । खोलाको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।  

चर्चित पर्यावरणविद् र पञ्जाब राज्यसभा सांसद बाबा बलवीर सिंह सिचेवालले मुख्यमन्त्रीलाई काली बेन नदीको सफाइको २२ औं वार्षिकोत्सवमा भाग लिन आमन्त्रित गरेका थिए । त्यहाँ पुगेका मुख्यमन्त्रीले खोलाको पानी सिधै उभाएर पिए । 

पानी पिएपछि साँझ उनी बिरामी परेका थिए ।