नाइजेरियामा बाढीबाट २३ जनाको मृत्यु

न्युजलय १२ असोज २०७९, बुधबार ०१:११ मा प्रकाशित

एजेन्सी । नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ ।

साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन् ।

यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरुले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरुको पुनस्र्थापनाको पहल भइरहेको बताएका छन् ।

नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ ।

सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।