दक्षिण कोरियामा शक्तिशाली आँधी, सात जनाको मृत्यु

न्युजलय २३ भदौ २०७९, बिहिबार ०७:२१ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।


उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरू पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।


यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरूपमा डुबेको थियो । 

 

राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् ।