हैदरावादको एक होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०९:२७ मा प्रकाशित

काठमाडौं । भारतको हैदरावादस्थित एक होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। सोमबार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।


आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ। प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ।


घटनाको समयमा उक्त होटलमा २५ जना मानिस थिए।