इटालीमा खडेरी, विभिन्न ५ क्षेत्रमा आपतकाल घोषणा

न्युजलय २२ असार २०७९, बुधबार ११:१६ मा प्रकाशित

पेरिस । इटालीमा खडेरीका कारण खाद्यान्न संकट निम्तिने चेतावनी दिइएको छ । ७० वर्षयता सबैभन्दा खराब खडेरीका कारण पाँच उत्तरी क्षेत्रमा आपत्काल नै घोषणा गरिएको छ । इटालीले इमिलिया रोमान्यिया, फ्रियुली भेनेजिया ग्युलिया, लोमबार्डी पिएदोमो र भेनेतो क्षेत्रमा आपत्काल घोषणा गरेको हो ।

गहुँ, चामललगायत देशका करिब ४० प्रतिशत खाद्यान्न उत्पादन गर्ने पो नदीको उपत्यकामा झन्डै चार महिनादेखि पानी परेको छैन । जमिन सुख्खा भएकाले लगाएको बालीनाली सबै सुकेर गएको छ । 

इटालीको सबैभन्दा लामो पो नदीमा पानी अहिले औसतभन्दा सात मिटर कम भएको छ । यस वर्ष इटालीमा विगत ३० वर्षको औसत वर्षाको आधा मात्रै भएको छ ।

खडेरीका कारण जलविद्युत् उत्पादनमासमेत ह्रास आएको छ ।