काठमाण्डौ । अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार नमाज पढिरहेका बेला बिस्फोट हुँदा धर्मगुरुसहित १४ को मृत्यु भएको छ ।
गाजारघ शहरमा भएको बिस्फोटमा यसमा तालिबानका सबैभन्दा ठूला धर्मगुरुमध्ये एक मुल्ला मुजिब उर रहमान अंसारी मारिएका छन् । अघिल्लो महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए । यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ ।
तालिबानले यसबारे हालसम्म कुनै जानकारी दिएको छैन । मिडिया रिपोर्टका अनुसार गाजाघरको मस्जिदमा जम्मा दुईवटा बिस्फोट भए । यतिबेला नमाज चलिरहेको थियो ।
मुल्ला मुजिब नै यो मस्जिदका मुख्य इमाम थिए । बिस्फोट उनको अगाडिको लाइनमा भएको थियो । हमला दुईजना व्यक्तिले गराएको अनुमान छ ।
दोस्रो हमला मानिसहरु बाहिर तिर भागिरहेका बेला भएको थियो । केही रिपोर्टका अनुसार मुल्ला मुजिब केही घण्टापछि हेरातमा एक इकोनोमिक कन्फरेन्समा उपस्थिति जनाएपछि सिधै मस्जिद पुगेका थिए ।