कोरियामा कार्यरत नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

न्युजलय १९ असार २०७९, आइतबार ०७:५९ मा प्रकाशित

सोल । कोरियामा कार्यरत नेपाल श्रमिकको मासिक पारिश्रमिक ५ प्रतिशतले बढेको छ । कोरिया सरकारले सन् २०२३ का लागि कोरियामा कार्यरत मजदुरको न्यूनतम परिश्रमिक ५ प्रतिशत वृद्धि गरेर ९ हजार ६२० वन प्रतिघण्टा बनाएको हो ।

हालको विनिमय दर अनुसार मासिक ९ हजार १६० नेपाली रुपैयाँ वृद्धि हुनेछ । अब २०९ घण्टा महिनामा काम गर्ने मजदुरले कम्तिमा १ लाख ९५ हजार रुपैयाँ पाउनेछन् ।

कोरियाले प्रत्येक वर्षको जुन महिनामा आउने वर्षको न्यूनतम ज्याला निर्धारण गर्ने गरेको छ ।