स्कुले विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ १६ जनाको मृत्यु

न्युजलय २० असार २०७९, सोमबार ११:१० मा प्रकाशित

काठमाडौं ।  भारतमा स्कुले विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार(आज) बिहान बस दुर्घटनामा परेको हो । 

साँसेरबाट साँजतर्फ आउँदै गरेको निजी बस जाङ्ला गाउँ नजिकै सडकबाट तल खसेको बताइएको छ । आज बिहान भएको दुर्घटनामा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको बताइएको छ । 

दुर्घटनाको कारण भने खुलेको छैन । बसमा ३० देखि ३५ यात्रु सवार थिए ।