काठमाडौं । टर्की एयरलाइन्स कम्पनीको विमानमा यात्रुलाई दिइएको खानामा सर्पको टाउको भेटिएको छ ।
अंकाराबाट जर्मनीको डसेलडोर्फ गइरहेको सनएक्सप्रेसको फ्लाइटमा यात्रुलाई दिइएको खानामा सर्पको काटिएको टाउको भेटिएको हो ।
उनले खाना खाँदै गर्दा आलुको तरकारीमा उक्त टाउको देखिएको हो । उक्त कुरा सार्वजनिक भएसँगै एयरलाइन्सले फुड सप्लायरसँग समझौता तोडेको छ ।
एयरलाइन्सका अनुसार ३० वर्षको अनुभवमा यस्तो पहिलोपटक देखिएको बताएका छन्। तर खाद्यान्न आपूर्ति गर्ने कम्पनीले सो कुरा अस्वीकार गरेको छ । उक्त विषयमा अनुसन्धान सुरु गरिएको एयरलाइन्सले जनाएको छ ।