श्रीलङ्काका विश्वविद्यालयहरू सेप्टेम्बरदेखि खुल्ने

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०९:१९ मा प्रकाशित

काठमाडौं । श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ।


सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन्।

 

अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् ।

 

अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको दुई डोज प्राप्त गरिसकेका छन्।


साथै विश्वविद्यालयका उपकुलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन्।प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन्।