काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताए ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि उनी बेहोस भएको जापानका सन्चार माध्यमहरुले जनाएका छन् ।
पूर्वप्रधामन्त्री आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद भएको छ ।