एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा एक जोडी विवाहको दोस्रो वार्षिकोत्सव मनाउन गएको थियो । सोहीक्रममा श्रीमती बेपत्ता भइन् । समुद्रमा डुबेको आशंकामा उनले श्रीमतीको शव खोजिरहे । तर पछि थाहा भयो कि उनी प्रेमीसँग भागिन् भनेर ।
समुद्री तटबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड भारु खर्च गरेको छ ।
२१ वर्षीया साइप्रियाले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन् । सोमबार उनीहरु एनिभर्सरी मनाउन समुद्री तटमा पुगेका थिए ।
सोही क्रममा श्रीमानको आँखा छलेर साइप्रिया प्रेमीसँग भागेकी थिइन् ।
उनले आफ्ना आमाबुवालाई भोइस मेसेज पठाएर आफूले रविसँग विवाह गरिसकेको र आफूलाई खोज्ने प्रयास नगर्न आग्रह गरेकी थ्इिन् । उनको खोजी गर्न समस्या भोग्नुपरेको भन्दै उनले सरकारी अधिकारीसँग माफी पनि मागिन् ।