काठमाडौं । बेलायतले अर्को तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएको छ ।
ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिस्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै यो सफलता पाउँदै छिन् ।
समाचार संस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुको बीचमा उनलाई अघि सारिएको थियो । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजारमा अड्किएका थिए ।
मार्गरेट थ्याचर पहिलो महिला प्रधानमन्त्री बनेको तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । बोरिस जोनसनको राजीनामासँगै लिज ट्रुस नेतृत्वमा आउने भएकी हुन् ।